कोरोना भाइरस नियन्त्रणमा सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरस नियन्त्रणमा सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोरोना भाइरस नियन्त्रणका लागि सर्वपक्षीय राजनैतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज (मंगलबार) बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको छ ।

माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित पनि माग गरेको श्रेष्ठले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले गत वर्ष पनि कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले सर्वदलीय संयन्त्रको मागबारे चासो दिएका थिएनन् ।

पार्टी कार्यालयमा आज बसेको माओवादी केन्द्रको बैठक विधान संशोधन प्रस्तावमा केन्द्रित भएको थियो । कार्यदलले तयार पारेको प्रस्ताव प्रचण्डको थप सुझावसहित पारित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस