काठमाडौँ उपत्यकामा मात्र एकै दिन करिब २ हजार संक्रमित थपिए « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकामा मात्र एकै दिन करिब २ हजार संक्रमित थपिए


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र करिब २ हजार जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्‍यकाका तीन वटै जिल्लामा १ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा १ हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना संक्रमित थपिएका हुन्। ‍पछिल्लो २४ घण्टामा देशैभर ४ हजार ५२४ जनामा कोरोना संक्रमण पष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस