२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ कसूर मुद्दाका दोषी अदालतमा

अ+ अ-

काठमाडौँ । बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

उच्च अदालत पाटनको विसं २०७७ चैतको फैसलाले दोषीठहर भई फरार रहेका बागलुङ घर भई काठमाडौँ बस्दै आएका नारायण आचार्यलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

उनलाई अदालतले १४ दिन कैद र रु २७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही फरार रहेको आचार्यलाई आज काठमाडौँको गुर्जुधाराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीका उपनिर्देशक एवम् प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए।

यस्तै उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी फरार रहेका काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुका कैलाशप्रसाद श्रेष्ठलाई पनि पक्राउ गरी अदालतमा पेश गरिएको सिआइबीले आज एक सूचना जारी गरी जनाएको छ । उनलाई अदालतले सात दिन कैद र रु ३० लाख जरिवाना हुने ठहर गरेको थियो । उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस