बितेको २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बितेको २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ।

त्यस्तै गत २४ घण्टामा ५५५ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या २ लाख ७८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी सोही अवधीमा कोरोना भाइरस संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस