अभिनेता प्रशान्त तामाङकी आमाको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अभिनेता प्रशान्त तामाङकी आमाको निधन


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्त स्वयंमले आमाको निधन भएको कुरा आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो, तर कहिले निधन भएको भन्नेबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो ।

‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यसपछि भने उनले आधा दर्जन नेपाली चलचित्रमा काम गरेका छन् ।

नारायण रायमाझीकै निर्देशनमा बनेको अर्को ‘परदेशी’ का पनि उनले काम गरेका छन् । प्रशान्तको यो हिट चलचित्र पनि हो । त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयारीका रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस