नेप्से ९२ अंकले बढ्यो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेप्से ९२ अंकले बढ्यो


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


शेयर बजार

काठमाडौँ । दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार देखिएको छ ।

नेप्से ९२.४६ अंकले बढेर २ हजार ५ सय ९९.०७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.४८ अंकले बढेको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै बढेका छन् ।

परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा कम भयो । आज ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको सेयर कारोबार भएको छ । यस अघि आइतबार ७ अर्ब भन्दा माथिको कारोबार भएको थियो भने सोमबार पनि ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस