सरकारले बैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै दुई दिनमा एक लाख बढिले छाडे उपत्यका « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले बैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै दुई दिनमा एक लाख बढिले छाडे उपत्यका


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यका छोड्नेको संख्या बढेको छ ।

कोरोना भाइरस संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो घर फर्कन चाहनेहरुलाई मध्यनजर गरेर तीन दिनपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छाडेका हुन् ।

महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको बताए । सोमबार र मंगलबार भन्दा बुधबार उपत्यका छाडेर घर फर्कनेको संख्या बढ्ने देखिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस