लुम्बिनीका कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख बजेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनीका कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख बजेट


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


बुटवल । लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।

कोरोना उपचार तथा रोकथाम कोष निर्देशक समितिको बैठकले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, दाङको बेलझुण्डीस्थत अस्पताल र भेरी अस्पताल नेपालगञ्जलाई ५० लाख रुपैयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, कोरोना रोकथाम तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा औसत दैनिक ७ सयजना कोरोना संक्रमित थपिँदै गएका छन् । हाल उपचाररत करिब २ सयजना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिएको छ ।

लुम्बिनी प्रदेशका ७ वटा निजी अस्पतालले ३३४ बेड कोरोना संक्रमितको लागि छट्टाएको बताएको थियो । तर पनि उपचारको लागि बेड उपलब्ध गराएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस