अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । आज अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी भू–भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

प्रदेश नं १ तथा प्रदेश नं २ का केही भू–भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ । राती देशका पहाडी भू/भागमा आंशिक बदली रही बाँकी भू/भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशका तराईका भु–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक(दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस