२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमामा आठ हजार भूमिहीन सुकुम्बासीको लगत सङ्कलन

अ+ अ-

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा झण्डै आठ हजार जनाले भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन फाराम भरेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका रुपमा सात हजार ९१८ जनाले लगत सङ्कलन फाराम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए ।

तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, एक हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र पाँच हजार ५५९ जनाले अव्यवस्थित बसोबासीको लगत सङ्कलन भरेका हुन् । नगरपालिकाले दिएको विवरणअनुसार सबैभन्दा बढी फाराम भर्नेमा वडा नं ११ बाट आयोगको लगत सङ्कलन भरिएको छ । यहाँ १८० भूमिहीन दलित, ५३५ भूमिहीन सुकुम्बासी र दुई हजार ७६ जना अव्यवस्थित बसोबासी गरी दुई हजार ७९१ जनाले भरेका छन् । यस्तै वडा नं १२ बाट भूमिहीन दलित ८२, भूमिहीन सुकुम्बासी २१८ र अव्यवस्थित बसोबासी ७९६ गरी एक हजार ९६ जनाले भरेका छन् ।

यस्तै फाराम भर्नेमा वडा नं ७ बाट ५६२, वडा नं १० बाट ५५३, वडा नं ४ बाट ५३३, वडा नं ३ बाट ४५९ र वडा नं १४ बाट ४२३ जना छन् । वडा नं १७ मा सबैभन्दा कम भूमिहीन दलित सात, भूमिहीन सुकुम्बासी १० र अव्यवस्थित बसोबासी ३२ गरी जम्मा ४९ जनाले फाराम भरेका छन् । वडा नं २ मा ७४, वडा नं ५ मा ७२ र वडा नं ९ मा ८१ जना छन् ।

यसैगरी, वडा नं १ बाट १४१, वडा नं ६ बाट ३१६, वडा नं ८ बाट ३६६, वडा नं १३ बाट १५९, वडा नं १४ बाट ४२३, वडा नं १५ बाट १०७ र वडा नं १६ बाट १३६ जना छन् ।

नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधान आयोगको एकाइ कार्यालय स्थापना गरेर आयोगको सूचनाअनुसार माघ ९ गतेबाट लगत सङ्कलन कार्य शुरु गरेको थियो । वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा भर्ने, फाइल स्क्यानिङ गर्ने लगायतका काम अघि बढेको शाखा अधिकृत पोखरेलले जानकारी दिए।

उनका अनुसार जग्गा नापजाँचका लागि आयोगले खटाएका सर्वेक्षक तथा अमिनबाट फिल्ड निरीक्षणको काम सकिएकामा वडा नं ११ मा कन्ट्रोल प्वाइन्ट स्थापनाका लागि पिलरसमेत राखिँदैछ । फिल्डका लागि आवश्यक उपकरणको व्यवस्थापन, नापजाँचका लागि जनशक्ति व्यवस्थापन भइसकेको नगरपालिकाले जनाएको छ । शाखा अधिकृत पोखरेलका अनुसार अमिन र सर्वेक्षक गरी १६ जनाको जनशक्ति नापजाँचका लागि खटिनेछ ।

तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत सङ्कलन गर्ने लगायतका कामलाई प्राथमिकता दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस