सुर्खेतमा आवश्यक बाहेक डिँडडुलमासमेत निषेध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुर्खेतमा आवश्यक बाहेक डिँडडुलमासमेत निषेध


१३ बैशाख २०७८, सोमबार


सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले १४ गते (भोलि मङ्गलवार) देखि एक हप्ताका लागि आवश्यक काम बाहेकको हिँडडुलमा निशेष गरेको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि भोलि राती १२ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरू सञ्चालन गर्न नपाइने भएको छ । यसै गरी स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस