नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


प्रशासन संवाददाता

१३ बैशाख २०७८, सोमबार


विराटनगर । कोरोना संक्रमितका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार (हिजो) नोबेल मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आइतबार राति १०ः१५ बजे मृत्यु भयो ।

आइसोलेसनमा भर्ना गरिएका ती पुरुषमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको थियो । नोबेल अस्पतालले यसअघि कोरोना सङ्क्रमण कम हुँदै गएपछि सङ्क्रमितको उपचार गराउने आइसोलेसन बन्द गरेको थियो ।

दोस्रो लहर सुरु भएपछि आइतबारबाट आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको छ । पुनः आइसोलेसन सञ्चालन गरेकोे पहिलो दिन छ जना संक्रमित भर्ना भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस