बर्दियामा साता दिनका लागि निषेधाज्ञा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बर्दियामा साता दिनका लागि निषेधाज्ञा


१२ बैशाख २०७८, आइतबार


बर्दिया । बर्दियामा सोमबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना हटस्पट बाँके र भारतीय सीमासँग जोडिएको बर्दियामा कोरोना सङ्क्रमणका बिरामी दिनानुदिन बढ्दै गएपछि कोरोना सङ्क्रमणको जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञाको घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले बर्दियामा कोरोनाको जोखिम कम गर्न १३ देखि १९ वैशाखसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । छिमेकी जिल्ला बाँकेमा कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएपछि बाँकेको असर बर्दियामा पनि पर्न सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्डको पालना गरी अत्यावश्यक सेवा र विकास निर्माणका कार्यबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ७७ पुगेको बर्दियामा सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये २० जना अस्पतालमा छन् भने बाँकी दुई सय ५७ जना होम आइसोलेसनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस