२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारद्वय अनिश र दुर्गालाललाई तत्काल निःसर्त रिहा गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारद्वय अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःसर्त रिहा गर्न माग गरेको छ । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज प्रहरीले गिरफ्तार गरेको घटनाप्रति भत्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेको छ ।

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुङ्गो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनी पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको थियो । साथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । ‘यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संवैधानिक व्यवस्था माथिकै ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ, त्यति मात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट भएको छ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको ।

महासङ्घले समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भनेको छ । प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकारद्वयलाई तत्काल रिहाइ नगरिए आन्दोलनमा जान बाध्य हुनेसमेत महासङ्घको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस