जानकी हेल्थ केयर अस्पतालमा तोडफोड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जानकी हेल्थ केयर अस्पतालमा तोडफोड


प्रशासन संवाददाता

१२ बैशाख २०७८, आइतबार


जनकपुरधाम । बिरामीको मृत्युको विषयलाई लिएर आज जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ ।

धनुषाको मिथिला नगरपालिका– ८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर आफन्तसहितको समूहले हस्पिटलमा तोडफोड गरेको हो । घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्कालै सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेका थिए । त्यसपछि काठमाडौँ लैजान हेलिकप्टर मगाइसकेका बेला चिकित्सकले शर्माको मृत्यु भएको जानकारी दिए ।

सुनीलको मृत्युपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षसहित विभिन्न ठाउँको झ्यालको सिसा फोडेका छन् । तोडफोडपछि अस्पतालको मूल गेटमा ताला लगाइएको छ र बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस