सेयर बजारमा पहिरो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सेयर बजारमा पहिरो


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५.७९ अंकले घटेर २ हजार ५ सय ७२.२२ अंकमा झरेको हाे ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.५६ अंकले घटेको छ । परिसूचकमा ठूलो पहिरो गए पनि कारोबार रकम भने ७ अर्ब नाघेको छ । दिनभर १ करोड ४६ लाख ९० जहार ७२० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस