आज ३ बजे सीसीएमसीको बैठक बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आज ३ बजे सीसीएमसीको बैठक बस्दै


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । काेराेना महामारीको पछिल्लो अवस्थाबारे छफल गर्न बैठक बस्ने लागेको हो ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो ।

बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

आजै दिउँसो बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक समितिका सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लडडाउनको सम्भावना नरहे पनि आशिंक लकडाउन हुनसक्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस