एमालेको स्थायी कमिटी बैठक जारी, केहीलाई कारबाही गर्ने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमालेको स्थायी कमिटी बैठक जारी, केहीलाई कारबाही गर्ने तयारी


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ ।

बिहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो ।

आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै तत्कालै सांसद पदबाट माधव नेपाललगायत केही नेतालाई निलम्बन गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारबाही गरिने तयारी रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस