कर्णाली राज मार्गमा टाइम कार्ड लागु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली राज मार्गमा टाइम कार्ड लागु


१० बैशाख २०७८, शुक्रबार


कर्णाली । कर्णाली राजमार्ग अन्तर्गत रहेको बाङ्गेसिमलदेखि राकम कर्णालीसम्मको रुटमा शुक्रवारदेखि टाइम कार्ड लागु गरिएको छ ।

टाइम कार्ड बाङ्गेसिमलदेखि बड्डीचोर २८ किलोमिटर १ घण्टा १० मिनेट, बड्डीचौदेखि तल्लो डुङगेश्वर ३४ किलोमिटर २ घण्टा, तल्लो डुङगेश्वर पाल्तडा २८ किलोमिटर १ घण्टा १५ मिनेट र पाल्तडा राकम कर्णाली २९ किलोमिटर १ घण्टा २० मिनेट रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

पहाडी क्षेत्रमा सवारी दुर्घटना बढी हुने भएको हुँदा दुर्घटना न्यनिकरण गर्ने उद्देश्य अनुरूप टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले भने,‘प्रतिस्पर्धा र स्पिडले दुर्घटना बढ्ने गर्छ । टाइम कार्डले सवारी चालकलाई सचेत बनाउने गर्छ ।’

त्यस्तै टाइम कार्ड आजदेखि सुर्खेत÷दैलेख राजमार्ग अन्तर्गत कपासे रानिमता २२ किलोमिटर १ घण्टा १५ मिनेट र रानिमता तल्लो डुङगेश्वर ३१ किलोमिटर १ घण्टा ३५ मिनेट रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस