२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हप्ता दिनपछि इन्टरनेट सेवा सुचारु

अ+ अ-

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा आज दिउँसोबाट सञ्चालनमा आएको छ । कालीकोटको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आउँदा अवरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि आज अपराह्न ३ः०० बजेदेखि सञ्चालनमा आएको हो ।

गत शनिबार बेलुकादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा आजबाट सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई सहज भएको छ । महाबुलेखमा प्राविधिक टोली पुगेर रिपिटर टावरमा बिग्रेको सामान काठामाडौँबाट ल्याएर जडान गरेपश्चात आजबाट इन्टरनेट सेवा सञ्चालनमा आएको दूरसञ्चार प्राधिकरण कार्यालय सिमकोटका उब्जन शाहीले जानकारी दिए ।

आज बिहान प्राविधिकको टोली महाबुलेख पुगी मर्मत गरेर इन्टरनेट सेवा सञ्चालन हुँदा जिल्लाका सञ्चारमाध्यमदेखि अन्य सेवाग्राहीलाई सहज भएको छ । इन्टरनेट नहुँदा राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत हप्ता दिनदेखि ठप्प थियो ।

प्रतिक्रिया दिनुहोस