२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकताका लागि अझै पनि लचिलो छु, कोही पार्टी खोस्ने ढंगले आएको हो भने सम्भव छैन : ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकततका लागि आफू अझै पनि लचिलो रुपमा प्रस्तुत भइरहेको बताएका छन् ।

बालुवाटारमा जारी दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफू लचिलो भएर बार्ता गर्दा पनि माधव नेपाल पक्षबाट कुनैपनि लचकता नदेखिएको बताएका छन् ।

‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति भएको देखिँदैन ।’

कम्युनिस्ट पार्टी एकताबद्ध बनाउन आफू दिनरात खटेको भन्दै ओलीले अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए । ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ।’

ती नेताका अनुसार ओलीले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थका कारण पार्टी विभाजन भएको बताए । आफूले दुस्ख गरेर एकीकृत गरेको पार्टीको साधारण सदस्यबाट समेत हटाउने दुस्साहस दाहाल र नेपालले गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस