नेकपा एमालेद्वारा नयाँ स्थायी कमिटी गठन, खनाल-नेपाल पक्षका कुनै नेता परेनन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा एमालेद्वारा नयाँ स्थायी कमिटी गठन, खनाल-नेपाल पक्षका कुनै नेता परेनन्


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।

माओवादी केन्द्रबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल रहेका छन् ।

बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस