२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मापदण्ड पालना गर्न चितवन जिल्ला प्रशासनको आग्रह

अ+ अ-

चितवन । जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र यही वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाबाहेक अन्य परीक्षा सञ्चालन गर्दा आलोपालो प्रणालीअनुसार सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीड हुने अन्य सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने गराउने, सपिङ मल, डिपार्टमेन्टल स्टोरमा एकपटकमा पच्चीस जना भन्दा बढी मानिस जम्मा नहुने, दुई व्यक्तिबीचको दूरी दुई मिटर कायम गर्न, मास्क अनिवार्यरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा हस्ताक्षर गरिएको सूचनामा मेला, महोत्सव, जात्रा, विवाह न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा पच्चीस जनाभन्दा बढी नहुन र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । विवाह व्रतबन्ध गर्दा पार्टी प्यालेस प्रयोग गर्नुपरेमा मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीसँग पूर्वस्वीकृति लिनसमेत अनुरोध गरिएको छ ।

सार्वजनिक यातायातका सवारी साधनमा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनमा नियमित स्यानिटाइजरको व्यवस्था गर्नसमेत सूचनामा अनुरोध गरिएको छ । कार्यालय र पसलजस्ता सार्वजनिकस्थलमा स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न, सार्वजनिक तथा निजी सेवा प्रदायकले विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न, होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । नियमको उल्लङ्घन गरेमा सङ्क्रमण रोग ऐन २०२० बमोजिम कारवाही तथा सजाय हुने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस