कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु « प्रशासन
prasaLogo
१० बैशाख २०७८, शुक्रबार

कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु


प्रकाशित मिति : 23 April, 2021 10:28 am

चितवन । कोरोना भाइरस (कोभिड–१९) का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस