एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै, खनाल-नेपाल समूहलाई थप कारबाही हुनसक्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै, खनाल-नेपाल समूहलाई थप कारबाही हुनसक्ने


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक आज शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

आज बस्ने बैठकले गत बैशाख ६ गते बसेको बैठकलाई नै निरन्तरता दिनेछ । वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो । त्यसदिन बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना खनाल-नेपाल पक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए । यस्तै एमाले नेता कर्ण थापाले आजको बैठकबाट खनाल नेपाल पक्षमाथि थप कारबाही हुने बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस