२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो ।

कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । ‘पोटास मल असारदेखि उत्पादन गर्छौँ’, कारखानाका सञ्चालक उमाकान्त जोशीले भने, ‘आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइन्छ ।’

मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उनले बताए । कारखानाका लागि आवश्यक पर्ने अन्य रासायनिक पदार्थ, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ । कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ । कारखानाका लागि भौतिक संरचना निर्माण शुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ ।

कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्गफिट रहेको छ । साझेदारी फार्मका रूपमा दुई उद्योगीले कारखाना सञ्चालन गर्दैछन् । उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताए । ‘बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हुँदै आएको छ’, उनले भने, ‘मल कारखानाले गुणस्तरीय मल उत्पादन गरे । सुदूरपश्चिम प्रदेशकै किसानले राहत पाउँछन् ।’ कारखाना सञ्चालनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि सधैँ प्रतिबद्ध रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस