भारतमा एकैदिन ३ लाख १५ हजारमा कोरोना संक्रमण, २१ सयको मृत्यु  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा एकैदिन ३ लाख १५ हजारमा कोरोना संक्रमण, २१ सयको मृत्यु 


एजेन्सी

१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना भाइरस  संक्रमण फैलिरहेको छ । कोरोना संक्रमणले भयावहको रुप लिइरहेको अवस्थामा भारतमा दैनिक लाखौंको संख्यामा कोरोना भाइरस संक्रमण भइरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ६५७ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९६५ पुगेको तथ्यांक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस