आजदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनले पूजा गर्न नपाइने « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

आजदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनले पूजा गर्न नपाइने


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन्। पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले आजदेखि लागु हुने गरी अर्को निर्णय नआएसम्म भक्तजनले पूजा गर्न नपाउने बताए। उनले पशुपतिमा मुख्य मन्दिरको पूजाबाहेक अन्य सर्वसाधारणले पूजा गर्न नपाउने जानकारी दिए।

सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पनि पूजामा रोक लगाएको सदस्य सचिव ढकालको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस