नेपालद्वारा मलेसिया ६९ रनले पराजित, लिगको शीर्षस्थानमा रहदै फाइनलमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालद्वारा मलेसिया ६९ रनले पराजित, लिगको शीर्षस्थानमा रहदै फाइनलमा


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रुो प्रतुति दिन सकेनन् ।

नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले समान ३-३ विकेट लिए । सुसान भारीले १ विकेट लिए ।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस