सर्वोच्च अदालतमा खनाल-नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्च अदालतमा खनाल-नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

नेपाल समूहका सांसदको मंगलवारको भेलाले अदालत जाने निर्णय गरेको थियो।

ओलीले मंगलवार कर्णाली प्रदेशका ५ जना, संघका २७ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।

आज (बिहिबार) खनाल-नेपाल समुहका नेताहरुले स्पष्टिकारण बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस