कटुवा पेस्तोलसहित एक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कटुवा पेस्तोलसहित एक पक्राउ


९ बैशाख २०७८, बिहिबार


लहान । प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले घरमा तलासी लिँदा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको जनाएको छ । पक्राउ परेका यादवकोे साथबाट एक थान कटुवा पेस्तोल र सोको एक राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस