विद्यार्थीमा कोरोना देखिएपछि धनकुटा नगरका विद्यालय बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यार्थीमा कोरोना देखिएपछि धनकुटा नगरका विद्यालय बन्द


प्रशासन संवाददाता

९ बैशाख २०७८, बिहिबार


School

काठमडौँ । एकजना विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ता धनकुटा नगरभरिका विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने भएको छ।

धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी) को बुधबार बसेको बैठकले विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाई विधिको उपयोग गरी शैक्षिक गतिविधि संकलन गर्ने निर्णय गरेको छ।

परीक्षा संचालन भइरहेको विद्यालयको हकमा भने स्वास्थ्यका मापदण्ड कडाइका साथ पूर्णरूपमा पालना गरी परीक्षा संचालन कार्य निरन्तर गरिने भएको छ।

कोरोना संक्रमण भेटिएका विद्यार्थीको सम्पर्कमा रहेका १६ जना विद्यार्थीहरुमा उक्त रोगसँग मिल्दोजुल्दो लक्षण भेटिएपछि संक्रमण अझ फैलन सक्ने सम्भावना रहेको हुँदा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै निर्णय गरिएको हो ।

नगरभरिका १० वडामा ५३ वटा सामुदायिक तथा संस्थागत विद्यालय संचालनमा रहेका छन्। आगामी १७ गते शुक्रबारसम्म स्थिति हेरेर भौतिक रुपमा पठनपाठन गर्न विद्यालय खुलाउने वा निरन्तर दिने निर्णय हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस