कोरोना नियन्त्रणको अन्तिम विकल्प लकडाउन हो : नरेन्द्र मोदी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कोरोना नियन्त्रणको अन्तिम विकल्प लकडाउन हो : नरेन्द्र मोदी


एजेन्सी

९ बैशाख २०७८, बिहिबार


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी नियन्त्रणको अन्तिम बिकल्प लकडाउन नै भएको बताएका छन् ।

कोभिड सङ्क्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प नदेखिएको बताए ।

बुधवार देशबासीको नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे । उनले भारतमा कोरोना बिरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने विश्वास व्यक्त गर्दै सरकारले महामारी नियन्त्रणका लागि यथासम्भब काम गरिरहेको पनि बताए। उक्त अवसरमा उनले देशका युवाहरूलाई कोभिड सचेतना अभियान चलाउनसमेत आग्रह गरे।

भारतमा कोरानाका कारण हालसम्म एक लाख ८२ हजार ५०० बढीको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या ए करोड ५६ लाख नौ हजार बढी पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या करिब ३ लाख पुगेको छ भने करिब दुई हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस