२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार सचिवको सरुवा : दुईले चिठी बुझे, दुईको ‘म्याचुअर्ड’ हुँदै

अ+ अ-

काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ ।

सोमबार बसको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छीतर्फ)का सचिव डा. पेमनारायण कँडेललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको छ ।

तत्कालीन सचिव डा. विश्वनाथ ओलीले अनिवार्य अवकाश लिएसँगै रिक्त रहेको वन सचिवमा डा. कँडेललाई ‘द्रुत’ गतिमा सरुवा गरिएको हो । सोमबार नै अन्तिम दिन भएका डा.ओलीको बिदाइ मङ्गलवार मात्रै गरिएको छ । तर डा. कँडेलकाे एक दिन पनि खाली हुन नपाउँदै सोही दिन प्रधानमन्त्री निवास वालुवाटार बसेको मन्त्रिपरिषद बैठकबाट सरुवा निर्णय भएको जनाइएको छ । उनको पत्र भने हिजो साँझ मात्रै बनेको छ । उनी यसअघि पनि बनतर्फकै हुन् ।

यसैगरी केही साता अघि मात्रै सचिवमा बढुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूह पदस्थापन गरिएका मुकुन्द प्रसाद पौड्यालको बागमती प्रदेशको प्रमुख सचिवमा पठाएको छ । प्रमुख सचिव डा. मानबहादुर वि.क. अनिवार्य अवकाशमा गएसँगै रिक्त पदमा पौड्याललाई पठाएको हो ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(ऊर्जा) सचिव दिनेशकुमार घिमिरे र राष्ट्रिय सतर्कता केन्द्रका सचिव देवेन्द्र कार्कीको पनि सरुवा भएको छ । घिमिरेलाई सतर्कता र उनको ठाउँमा कार्कीको सरुवा गर्ने निर्णय भए पनि चिठी नै नबुझिसकेको सिंहदरवार विशेष स्रोतले प्रशासनलाई सिँहदरवार ब्युरोलाई बतायो ।

बनिसकेको पत्र नै परिवर्तन गर्नुपरेको विगतका घटनाहरूले थप अन्य सचिवको सरुवा भएको भए आश्चर्य नमाने हुने ती स्रोतको भनाई छ । केही प्राविधिकतर्फका सचिवको सरुवा गर्ने विषय पनि गाइँगुइँ छ ।

अहिले तीन सचिवको पद रिक्त छ । लोक सेवा आयोगका अध्यक्षलगायत पदाधिकारी नियुक्ति हुन नसक्दा सार्वजनिक प्रशासनमा ठुलै असर परेकोतर्फ सरकारको ध्यान जान सकेको छैन । जबकि सचिव बढुवाको मुखैमा पुगेका सहसचिवहरूको बढुवा त रोकिएको छ नै नयाँ भर्ना, बढुवालगायत लोक सेवाको प्रतिनिधित्व रहने कैयूँ सार्वजनिक निकायहरुका कामकारबाहीसमेत रोकिएका छन्

प्रतिक्रिया दिनुहोस