वन सचिव डा. ओलीको बिदाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वन सचिव डा. ओलीको बिदाई


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव डा. विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ ।

वनमन्त्री प्रेमबहादुर आलेले डा. ओलीलाई बिदाइ गर्दै उनी एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए ।

सेवानिवृत्त डा. ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताए । आफ्नो सेवावधि पूरा गरेका वन मन्त्रालयका उपसचिव श्रीकृष्ण वस्ती र चालक विदुर गौतमलाई पनि आजै बिदाइ गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस