गायक तथा सामाजिक अभियानकर्मी गुरुशरण सदाको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गायक तथा सामाजिक अभियानकर्मी गुरुशरण सदाको निधन


७ बैशाख २०७८, मंगलबार


सिरहा । गायक तथा सामाजिक अभियानकर्मी गुरुशरण सदाको निधन भएको छ । सिरहाको गोलबजार नगरपालिका–६ का ३३ वर्षीय सदाको सोमबार साँझ निधन भएको हो ।

लामो समयदेखि सामाजिक तथा सङ्गीत क्षेत्रमा क्रियाशील सदाको मृत्यु भएको छ । पछिल्लो तीन/चार दिनदेखि बान्ता हुने, उच्च ज्वरो आउने र पेट दुख्ने समस्याले पीडित सदाको मृत्यु भएको मृतकका जेठान अरुण सदाले जानकारी दिए ।

अचानक बेहोस भएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि गोलबजारस्थित भूमिजा हस्पिटलमा ल्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लाने क्रममा लहान पुग्दानपुग्दै उनको बाटोमै मृत्यु भएको परिवारजनले जनाएका छन् । उनी सेभ द चिल्ड्रन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काठमाडौँ कार्यालयमा बसेर काम गर्दै आएका थिए ।

केही दिनअघि मात्र आमाको वार्षिक श्राद्धका लागि घर आएका सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय थिए । उनीसँगै उनकी श्रीमती शान्ति सदा पनि सङ्गीत क्षेत्रमा सक्रिय रहेका थिए। सदा दम्पतीका दर्जन बढी मैथली तथा नेपाली गीतको लेखन, गायन र आफैँले अभिनय गरेको म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस