देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहे पनि दिउँसो पछि देशका केही स्थानमा भने वर्षा र हावाहुरीको सम्भावना रहेको छ । दिउँसोपछि देशका विभिन्न स्थानमा चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । बाँकी प्रदेशका पहाडी भेगमा छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ।

Tags :
प्रतिक्रिया दिनुहोस