संसद् अधिवेशन अन्त्यको घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद् अधिवेशन अन्त्यको घोषणा


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गरिएको हो ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु’ राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस