स्वास्थ्य बीमा बोर्डमा ४४ कर्मचारी माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य बीमा बोर्डमा ४४ कर्मचारी माग


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ४४ जना कर्मचारी माग गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरूमा काम गर्ने कर्मचारी आवश्यक भएकाले करार सेवाका लागि ४४ जना दर्ता अधिकृत(नासु वा सो सरह) को माग गरिएको हो ।

दर्ता अधिकृतको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

आवेदन दस्तुर ५०० रुपैयाँ तोकिएको छ भने सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको केन्द्रीय कार्यालय टेकुमा योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्त बुझाउनुपर्ने बोर्डले जानकारी दिएको छ ।

यद्यपि परीक्षा सम्बन्धी जानकारीको लागि अर्को सूचना जारी गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस