कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय


प्रशासन संवाददाता

५ बैशाख २०७८, आइतबार


काठमाडौँ । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

डीसीसीएमसीको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो । भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढ्दै गएको हुँदा विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको हो ।

सीमा नाकाहरुमा मानिसहरुको आवतजावत बढी भएकोले जिल्लामा कोभिड–१९ को उच्च जोखिम बढेको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस