पछिल्लो २४ घण्टामा एक हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा एक हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

५ बैशाख २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौँ जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस