मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


५ बैशाख २०७८, आइतबार


भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा९०प१२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उनको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस