भोलिदेखि ५२ लाख ४१ हजार कित्ता सेयर बिक्री हुँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भोलिदेखि ५२ लाख ४१ हजार कित्ता सेयर बिक्री हुँदै


५ बैशाख २०७८, आइतबार


काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलिदेखि सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन पाउँनेछन् ।

बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यो सेयरमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस