बितेको २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बितेको २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । बितेको २४ घण्टामा देशभर ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ५३३३ नमुना परिक्षण गर्दा ७६८ र एन्टीजेनबाट ६७१ नमुना परिक्षण गर्दा ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस