डेब्यु खेलमा कुशल भुर्तेलको अर्धशतक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डेब्यु खेलमा कुशल भुर्तेलको अर्धशतक


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियको डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा डेब्यू गरेका उनले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि ओपनरमा आएका उनले अर्धशतक बनाएका हुन् ।

३० बल खेलेका कुशलले पाँच चौका र चार छक्काको सहयोगमा ५० रन बनाए । डेब्यु खेलमै उनले सफल पारी खेलेका छन् । उनीसँगै क्रिजमा रहेका आसिफल २४ रन बनाएका छन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस