त्रिकोणात्मक सिरिज : नेपालको उत्कृष्ट प्रदर्शन, सन्दीपले लिए लगातार दुई विकेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिकोणात्मक सिरिज : नेपालको उत्कृष्ट प्रदर्शन, सन्दीपले लिए लगातार दुई विकेट


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध लगातार दुई विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।

सन्दीप दोस्रो ओभरको अन्तिम बलमा म्याक्स ओडिबलको विकेट लिएका हुन् । उनी १० रन बनाएर आउट भए । त्यस्तै तेस्रो ओभर बलिङ गर्न आएका सोमपाल कामीले दोस्रो विकेट लिए । उनले ओभरको पाँचौं बलमा स्कटोक एन्वार्डको विकेट लिए ।

आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनमामा छन् । घरेलु मैदानमा १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी-ट्वान्टी खेल खेलेको छ । जसमा ६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । नेपालले ८ खेल मध्य जम्मा दुई टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी-ट्वान्टी र तीन अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस