प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा दाहाल र नेपाल सहभागी नहुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा दाहाल र नेपाल सहभागी नहुने


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वंदलीय बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज ११ बजे बालुवाटारमा बोलाएको सर्वदलीय बैठकको बारेमा जानकारी नभएको भन्दै दाहा-नेपालले सहभागी नहुने बताएका हुन् । प्रचण्डलाई सर्वदलीय बैठकको निम्तो नआएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ भने नेपालले पनि बैठकबारे कुनै जानकारी नआएको बताए ।

मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफल बैठकमा संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिने बुझिएको छ ।

संसदमा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस