गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत


४ बैशाख २०७८, शनिबार


मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ । इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सोसम्बन्धी दुवै संस्थाबीच सम्झौता भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए । उनका अनुसार अबदेखि इच्छाकामनाका नागरिकले रगतका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन । सम्झौताअनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचयपत्र वा सिफारिसपत्रको प्रतिलिपि भने बुझाउनुपर्नेछ । यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुविधा लिन पाउने छन् ।

सम्झौतामा उल्लेख भएअनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको निःशुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ । योसँगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाले सबै दुर्गमका बासिन्दालाई पनि स्वास्थ्यको पहुँचमा पुर्याएको अध्यक्ष गुरुङले बताए । हाल पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस