चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति


३ बैशाख २०७८, शुक्रबार


बलेवा । चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पुर्याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ ।

आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पुर्याएको छ । निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए। ‘प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ’, उनले भने, ‘यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।’

विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए। चट्याङले जलविद्युत् आयोजनामा पुर्याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस