कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा नदिने, सभामा विश्वासको मत लिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा नदिने, सभामा विश्वासको मत लिने


१ बैशाख २०७८, बुधबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिने भएका छन् ।

मुख्यमन्त्री शाहीले अन्तिम विकल्पको रुपमा विश्वासको मत लिने कुरा प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा मंगलवार पत्र दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यससँगै वैशाख ३ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रक्रिया शुरू हुनेछ । तर एमालेका सांंसदले ‘फ्लोर क्रस’ गरे मात्र शाहीको पक्षमा बहुमत पुग्नेछ ।

एमालेका सांसद एक ढिक्का भइसकेका छन् । कर्णालीमा माधवकुमार नेपाल पक्षका एमाले सांसदले धोका दिए बर्खास्त गर्ने एमालेले जनाइसकेको छ ।

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन चैत ५ गते फिर्ता लिएको थियो । शाहीको राजीनामा पर्खेर बसेको एमाले नयाँ सरकार गठनका लागि गृहकार्य गरिरहेको छ तर शाहीले राजीनामा नदिने भएपछि कर्णालीको राजनीति थप पेचिलो हुने देखिएको छ ।

३९ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग २० सांसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस